काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीईओ ) कवि फुयाँलले राजीनामा दिएका छन् । उनको राजीनामा आइतबार (भदौ ९ गते) स्वीकृत भएको छ ।
फुयाँलले ७ गते शुक्रबारका दिनदेखि लागु हुनेगरि राजीनामा दिएका हुन् । तर, आइतबार बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । फुयाँल गत साउन २८ गते सीईओमा नियुक्त भएका थिए ।
कम्पनीका एक कर्मचारीले सीईओ फुयाँलकाे राजीनामासँगै कायर्वाहक सीईओमा दिनेश अमात्य नियुक्त गरिएकाे जानकारी दिए ।
प्रतिक्रिया