५ रेमिट्यान्स कम्पनीको लाइसेन्स स्वतः खारेज, कुन– कुन परे ?

५ रेमिट्यान्स कम्पनीको लाइसेन्स स्वतः खारेज, कुन– कुन परे ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले ५ वटा रेमिट्यान्स कम्पनीको लाइसेन्स स्वतः खारेज भएको जनाएको छ । केन्द्रीय बैंकले आज (शुक्रबार) एक सूचना जारी गर्दै कम्पनीको लाइसेन्स विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उपविनियम (१०) को खण्ड (ङ) र सोही विनियमको उपविनियम (११) को खण्ड (क) र (ग) बमोजिम स्वतः खारेज भएको जानकारी दिएकाे छ ।

लाइसेन्स खारेज भएका रेमिट्यान्स कम्पनीहरुमा काठमाडौंको लाजिम्पाटस्थित राम्रो रेमिट, गौशालाको ग्लोबल माउन्टेन रेमिट, दरबारमार्गको संसार रेमिट, न्युरोडको ललित मनी ट्रान्सफर र अनामनगरको माक्स मनी ट्रान्सफर छन्।

यी रेमिट्यान्स कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रुपमा जानकारी दिन सूचनामा आह्वान गरिएको छ।

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा बैंक जमानतसमेत फुकुवा भई जाने बैंकद्वारा जारी सूचनामा उल्लेख छ।