काठमाडौं – ज्योति विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंको ट्रान्क्वीलिटी स्पामा ३० प्रतिशत सम्मको विशेष छूट पाउने भएका छन् । शुक्रबार ज्योति विकास बैंक र स्पाबीच छूट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार ज्योति विकास बैंकका ग्राहकले ट्र्याङ्क्विलिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधामा उक्त छूट पाउनेछन् ।
बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग पनि निरन्तर सहकार्य गर्दै छूट सुविधा प्रदान गर्दै आइरहेको छ ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
प्रतिक्रिया