धितोपत्र बोर्डमा रोजगारीको अवसर

धितोपत्र बोर्डमा रोजगारीको अवसर


काठमाडौं – नेपाल धितोपत्र बोर्डले कर्मचारी माग गरेको छ । बोर्डले रिक्त रहेकाे विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा ६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

प्रशासनतर्फ सहायक निर्देशक दुईजना, वरिष्ठ सहायक एकजना र सहायक तीनजना गरी ६ जनाका लागि दरखास्त खुलाएको छ।

योग्यता पुगेका इच्छुक नेपाल नागरिकले भदौ २७ गतेसम्म अनलाइनबाट आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर भने असोज ३ गतेसम्म आवेदन दिन सक्ने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ।