हुन्डाईको चाडपर्वलक्षित फेष्टिभ डिलाइट योजना २०८१ : भाग्यशाली विजेतालाई आकर्षक उपहार

हुन्डाईको चाडपर्वलक्षित फेष्टिभ डिलाइट योजना २०८१ : भाग्यशाली विजेतालाई आकर्षक उपहार


काठमाडाैं – हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदै गरेको दशैँ, तिहार र छठ पर्वलक्षित फेष्टिभ डिलाइट २०८१ योजना सार्वजनिक गरेको छ । ग्राहकहरूको चाडपर्वलाई हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले यो योजना ल्याएको हो ।

विगतका वर्षहरूमा गाडीका साथै अन्य आकर्षक उपहार दिँदै आएको कम्पनीले यस वर्ष पनि सोही परम्परा कायम राख्दै १ जनाले हुन्डाई मेड इन नेपाल हुन्डाई भेन्यु लक्की ड्र प्राप्त गर्न सक्ने जनाएको छ।

हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा १० लाख रूपैयाँसम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाख रूपैयाँसम्मको नगद छुटका साथै १ वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यही ११ गते सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ्ग गर्ने ग्राहकहरूले पनि यस योजनाबाट लाभान्वित हुन सक्ने कम्पनीले जनाएको छ । नाडा अटो शो २०२४ मा हुन्डाईको स्टल भ्रमण गरेर सम्पूर्ण अवलोकनकर्ताहरूले हुन्डाईका विभिन्न उत्पादनहरूको अवलोकन गरी आफ्ना जिज्ञासाहरू पनि मेट्न सक्नेछन् । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ सेवा उपलब्ध छ ।

हाल हुन्डाई नेपालले ‘हुण्डाई टेस्ट ड्राइभ एण्ड विन’ अभियान पनि चलाइरहेको छ । जसले सवारीसाधनको विविधता प्रदान गर्दछ र ग्राहकहरूसँग भर्खरै लन्च भएको हुन्डाई क्रेटा र मेडइननेपाल हुन्डाई भेन्यु र टेस्ट ड्राइभ गर्ने रोमाञ्चक अवसर छ । प्रत्येक टेस्ट ड्राइभमा एक भाग्यशाली विजेतालाई एक माइक्रोवेभ ओभन र फ्रिज प्राप्त गर्ने छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपालभर १६ शोरूमहरू, १९ सर्भिस सेन्टरहरू तथा ४३ भन्दा बढी चार्जिङ पोइन्ट मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।