बैंकिङ्ग प्रणालीको निक्षेप संकलन स्थिर रहँदा कर्जा प्रवाहमा सामान्य वृद्धि, अन्य सूचक कस्ता ?

बैंकिङ्ग प्रणालीको निक्षेप संकलन स्थिर रहँदा कर्जा प्रवाहमा सामान्य वृद्धि, अन्य सूचक कस्ता ?


काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीकाे निक्षेप संकलन स्थिर रहेकाे छ । केन्द्रीय बैंककाे भदाै ३ र ४ गतेकाे तथ्यांकअनुसार बैंकिङ्ग प्रणाालीकाे निक्षेप संकलन स्थिर रहेकाे हाे । भदाै ३ गते ६४ खर्ब ५२ अर्ब निक्षेप संकलन भएकाेमा ४ गतेपनि साेही रकम बराबरकाे निक्षेप संकलन भएकाे छ ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन पनि स्थिर रहेको छ। भदौ ३ गते ५७ खर्ब २५ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरु ४ गतेपनि सोही रकम बराबरको निक्षेप संकलन गरेका छन् ।

त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा भने १ अर्बकाे वृद्धि देखिएकाे छ । गत सोमबारसम्म ५१ खर्ब ७३ अर्ब कर्जा प्रवाह भएकोमा मंगलबार ५१ खर्ब ७४ अर्ब कर्जा प्रवाह भएको छ।

त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले गर्ने कर्जा प्रवाहमा पनि सामान्य वृद्धि देखिएको छ । गत सोमबारसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब ७७ अर्ब कर्जा प्रवाह गरेकामा मंगलबार १ अर्बले बढेको हो । मंगलबार वाणिज्य बैंकहरुले ४५ खर्ब ७८ अर्ब कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.७८ प्रतिशतमा कायम भएको देखाएको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।