गाडी कर्जाको मागमा २२ प्रतिशतको गिरावट

गाडी कर्जाको मागमा २२ प्रतिशतको गिरावट

व्यक्तिगत गाडी कर्जामा ०.३ प्रतिशतकाे वृद्धि


काठमाडौं – गत आर्थिक वर्ष २०८०/८१ मा गाडी कर्जाको माग घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले गत आवमा गाडी कर्जाको माग २२ प्रतिशतले घटेको देखाएको हो । समीक्षा अवधिमा १ खर्ब २४ अर्ब १० करोड रुपैयाँ बराबरको गाडी कर्जा बैंकहरुबाट गएको देखिन्छ। अघिल्लो वर्ष बैंकहरुबाट १ खर्ब ५९ अर्ब २० करोड रुपैयाँ गाडी कर्जा प्रवाह भएको थियो।

तथ्यांकअनुसार व्यावसायिक प्रयोजनका लागि लिइने गाडी कर्जाको माग घटेको छ भने व्यक्ति प्रयोजनका लागि लिइने गाडी कर्जाको माग भने सामान्य बढेको छ। समीक्षा वर्षमा बैंकहरुबाट व्यावसायिक गाडी कर्जा ८७ अर्ब २६ करोड रुपैयाँ प्रवाह भएको छ। अघिल्लो वर्ष यस्तो कर्जा १ खर्ब २२ अर्ब ४८ करोड रुपैयाँ थियो। व्यावसायिक गाडी कर्जाको माग २८.८ प्रतिशतले घटेको छ।

यस्तै, व्यक्तिगत प्रयोजनका लागि लिइएको गाडी कर्जा ३६ अर्ब ६८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बैंकहरुबाट ३६ अर्ब ७१ करोड रुपैयाँ व्यक्तिगत गाडी कर्जा प्रवाह भएको थियो । व्यक्तिगत गाडी कर्जा ०.३ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ।