नाडा अटो शोमा केईले तीन मोडल सार्वजनिक गर्ने

नाडा अटो शोमा केईले तीन मोडल सार्वजनिक गर्ने


काठमाडौं – नेपालका लागि केइ अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोमा लन्च गरिने आफ्ना तीनवटा गाडीको मोडलको नाम बताई पुरस्कार जित्ने सोसल मिडिया क्याम्पेन सुरु गरेको छ ।

क्याम्पेनमा सहभागी हुन केइ नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्नको उत्तर लेख्नुपर्नेछ ।

सहभागीमध्येबाट तीन मोडलको उत्तर दिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोसको मिक्सर ग्राइन्डर प्राप्त गर्ने कम्पनीले जनाएको छ । उक्त क्याम्पेन भदौ १० गतेसम्म चल्नेछ ।