दश अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड कार्यान्वयनमा ल्याउने तयारी

दश अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड कार्यान्वयनमा ल्याउने तयारी

नेपाल सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ ।


काठमाडौं – एनआरएन नेपाल डेभलभमेन्ट फण्ड लिमिटेडलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसी, संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायतबीच अर्थ मन्त्रालयमा उक्त फण्ड सञ्चालनमा ल्याउनेबारे छलफल भएको छ ।

भदौ तेस्रो साताभित्र डेभलपमेन्ट फन्ड सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया पूरा गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ । नेपाल सरकारको समन्वय तथा सहकार्य र गैरआवासीय नेपाली संघको अग्रसरतामा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको हो ।

एनआरएन नेपाल डेभलपमेन्ट फन्डमा नेपाल सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ ।