बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन १३ प्रतिशतले बढ्याे

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन १३ प्रतिशतले बढ्याे


काठमाडौं – गत आर्थिक वर्ष २०८०/ ८१ मा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालनमा १३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा बैंक तथा वित्तीय संस्थाले ७ खर्ब ४२ अर्ब ३७ करोड रुपैयाँ बराबरको निक्षेप परिचालन गरेका छन् । अघिल्लो वर्ष ६ खर्ब २७ अर्ब २५ करोड रहेको थियो ।

२०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.८ प्रतिशत, ३०.३ प्रतिशत र ५६.४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.७ प्रतिशत, २६.६ प्रतिशत र ५८.९ प्रतिशत रहेको थियो । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.२ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा यस्तो निक्षेपको अंश ३६.६ प्रतिशत रहेको थियाे ।