आज उपत्यकाका बैंक तथा वित्तीय संस्थाका साथै शेयर बजार बन्द

आज उपत्यकाका बैंक तथा वित्तीय संस्थाका साथै शेयर बजार बन्द


काठमाडौं – आज उपत्यकाभित्रका बैंक तथा वित्तीय संस्थाका साथै शेयर बजार पनि बन्द रहनेछन् । सरकारले गाईजात्राको अवसरमा उपत्यका बिदा दिएकाले उपत्यकाका बैंक तथा वित्तीय संस्थाका साथै शेयर बजार बन्द रहने भएको हो ।

शेयर बजारसहित बैंक तथा वित्तीय संस्था बुधबारदेखि नियमित रुपमा सञ्चालनमा आउनेछन् । यसअघि आइतबार शेयर बजार ३४.४७ अंकले घटेर २९६६.३३ अंकमा बजार भएको थियो ।

हिजो सोमबार पनि जनैपूर्णिमाको अवसरमा सार्वजनिक बिदा रहेकाले बैंक तथा वित्तीय संस्थाका साथै शेयर बजार पनि बन्द रहेको थियो।