सरकार दिगो र स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहन्छः अर्थमन्त्री

सरकार दिगो र स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहन्छः अर्थमन्त्री


काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत र संरचनागत प्रबन्ध गरी प्रविधिको प्रयोगमा जोड दिने बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो धारणा राखेका हुन्।

उनले पछिल्ला दिनहरुमा शेयर बजारको बारेमा प्रायः चर्चा हुने गरेको भन्दै सेयर बजार अहिले उत्साहित रहेको बताए। उनले शेयर बजार अर्थतन्त्रको ऐना भएको भन्दै सेयर बजारले अर्थतन्त्रको अवस्थालाई प्रतिविम्वित गर्ने बताए।

‘शेयर बजार अहिले उत्साहित छ। हामीले भन्ने गरेका छौँ शेयर बजार अर्थतन्त्रको एउटा ऐना हो। यसले हाम्रो अर्थतन्त्रको अवस्था प्रतिविम्बित गर्छ’, उनले भने, ‘यस हिसाबले सरकारले लिएका नीतिका कारणले गर्दा शेयर बजार उत्साहित छ। सँगसँगै हामी यो शेयर बजार दिगो र स्थिर ढंगले अघि बढेको देख्न चाहन्छौँ ।’

शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत प्रबन्ध, संरचनागत प्रबन्ध र कतिपय प्रविधिको प्रबन्ध गर्न आवश्यक रहेको अर्थमन्त्री पौडेलले बताए। ‘त्यसतर्फ पनि सरकारको ध्यान गइरहेको छ’, उनले भने।