सिद्धार्थ इन्स्योरेन्सले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

सिद्धार्थ इन्स्योरेन्सले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ ।  कम्पनीको हिजो (चैत्र ८ गते मंगलबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको २० औं वार्षिक साधारण सभा चैत्र ३०  गते बुधबार नेपाल पर्यटन वोर्डको सभा कक्ष, भृकुटीमण्डप काठमाडौंमा विहान १०ः३० बजेबाट सुरू हुनेछ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गरिने छ ।

त्यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, सञ्चालक समितिको रिक्त स्वतन्त्र (विज्ञ)  पदमा भएको सञ्चालकको नियुक्ति अनुमोदन गरिने, लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७८÷७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरिने छ । 

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत्र १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र १६ गते (बुधबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।