सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा

सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – सानिमा बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १ लाख १५ हजार ३८० कित्ता शेयर बिक्रीमा राखेको हो ।

बैंकको उक्त संस्थाप सेयरको मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले सो मूल्य वा सो भन्दा बढी कायम गरी बोलपत्र पेस गर्नुपर्नेछ । बैंकको उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ ।