सगरमाथा इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

सगरमाथा इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाख ५५ हजार ५ सय ६९ कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको छ । उक्त सेयरको न्यूनतम मूल्य ४ सय रूपैयाँ तोकिएको छ । 

कम्पनीले एक सूचना प्रकाशन गर्दै बिमकको संस्थापक सेयर बिक्री सम्बन्धी निर्देशिका २०७७ बमोजिम सर्वप्रथम कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर कम्पनीको प्रधान कार्यालयमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले जनाएको छ ।