एक वर्षमा साढे १४ खर्ब रेमिट्यान्स भित्रियो, कुन महिना कति ?

एक वर्षमा साढे १४ खर्ब रेमिट्यान्स भित्रियो, कुन महिना कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १६.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको अवधिमा साढे १६ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको हो ।

यससँगै १२ महिनाको अवधिमा विदेशबाट नेपालमा १४ खर्ब ४५ अर्ब ३२ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ७७ हजार ४ र २ लाख ७७ हजार २ सय ७२ रहेको थियो ।

यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या केही कम भए पनि रेमिट्यान्स आप्रवाहले भने बढेको हो । वैदेशिक रोजगारीमा जानेको संख्या घटेपछि अघिल्लो आर्थिक वर्षमा रोजगारीको खोजिमा विदेशिनेको संख्या उच्च हुँदा रेमिट्यान्स आप्रवाह बढेको बढ्यै छ ।

कुन महिना कति भित्रियाे रेमिट्यान्स ?