प्रभु इन्स्योरेन्सको लाभांशको बुकक्लोज चैत १७ गते

प्रभु इन्स्योरेन्सको लाभांशको बुकक्लोज चैत १७ गते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड ले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत १७ गते बिहीबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ ।

साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्स कम्पनीले चैत १७ गते बिहीबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने मिति तोकेको छ ।

सेयरधनी दर्तापुस्तिका बन्द मिति (बुकक्लोज) का अनुसार चैत १६ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।

चैत २ गते बुधबार सम्पन्न सञ्चालक समितिको ४०० औं बैठकले चैत ३० गते साधारण सभा बोलाउँदै बुकक्लोज तोकेको हो । लाभांश लगायतका अन्य प्रस्तावहरु पारित गर्न कम्पनीले चैत ३० गते २६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । प्रभु कम्प्लेक्स तिनकुने काठमाण्डौंमा बिहान ११ बजे साधारण सभा डाकिएको छ ।

सभाले गत आर्थिक वर्ष २०७७.७८ को नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले इन्स्योरेन्सको हाल कायम चुक्ता पूँजी १ अर्ब १६ करोड १९ लाख रुपैयाँको ११ प्रतिशतका दरले हुन आउने १२ करोड ७८ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशतका दरले हुने आउने ६७ लाख २६ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै यस्तै आर्थिक वर्ष २०७७.७८ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब लगायतलाई पारित गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा छ । सभाले आर्थिक वर्ष २०७८.०७९ को लेखापरीक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ती र पारिश्रमीक तोक्ने प्रस्ताव पारित गर्नेछ ।