काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडले भदौ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले आज सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।
बैंकले निक्षेपमा भदौका लागि व्यक्तिगततर्फ ७.४१ प्रतिशत र संस्थागततर्फ ६.४१ प्रतिशत अधिकतम ब्याजदर तोकेको छ । साउनमा बैंकले व्यक्तिगततर्फ ७.५३ प्रतिशत र संस्थागततर्फ ६.५३ अधिकतम ब्याजदर तोकेको थियो ।
बैंकले व्यक्तिगत निक्षेपमा ३ महिने अवधिका लागि ५.२५ प्रतिशत, ३ देखि माथि र १२ महिनादेखि तलको अवधिका लागि ५.५० प्रतिशत, १ वर्ष अवधिको लागि ६ प्रतिशत, १ वर्षदेखि माथि २ वर्षभन्दा कम अवधिका लागि ६.२५ प्रतिशत, २ वर्षदेखि माथि ५ वर्षभन्दा कम अवधिका लागि ६.५० प्रतिशत र ५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ७.४१ प्रतिशत ब्याजदर कायम गरेको हो ।
संस्थागतमा ६ महिनादेखि माथि १२ महिनाभन्दा कम अवधिका लागि ३ प्रतिशत, १ वर्ष अवधिका लागि ३.५० प्रतिशत, १ वर्षदेखि माथि ५ वर्षभन्दा कम अवधिका लागि ३.५० प्रतिशत र ५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ६.४१ प्रतिशत ब्याजदर तोकेको छ ।
प्रतिक्रिया