नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको घट्यो ब्याजदर

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको घट्यो ब्याजदर


काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज सार्वजनिक गरेको ब्याजदरअनुसार बिभिन्न खाताको ब्याजदर घटाएको हो ।

बैंकले मुद्दती निक्षेपमा व्यक्तिगतमा ६.५०प्रतिशत , रेमिटेन्समा ७.५० प्रतिशत र संस्थागतमा ५.५०प्रतिशत अधिकतम ब्याजदर ताकेको हो । साउन महिनामा बैंकले व्यक्तिगतमा ७ प्रतिशत , रेमिटेन्समा ८ प्रतिशत र संस्थागतमा ६ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।

त्यस्तै, बैंकले भदौका लागि व्यक्तिगतमा ३ देखि ६ महिना अवधिका लागि ४.७५ प्रतिशत , ६ देखि माथि १२ महिनाभन्दा कम अवधिका लागि ५.५० प्रतिशत , १ देखि २ वर्ष अवधिका लागि ६५ र २ वर्षदेखि माथिको अवधिका लागि ६।५०५ ब्याजदर तोकेको छ । रेमिटेन्समा १ वर्ष अवधिमा ६.५० प्रतिशत , १ देखि २ वर्ष अवधिमा ७ प्रतिशत र २ वर्षदेखि माथि अवधिमा ७.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

संस्थागतमा ६ महिनादेखि १ वर्ष अवधिमा ४।५० प्रतिशत , १ देखि २ वर्ष अवधिमा ५ प्रतिशत र २ वर्षदेखि माथि अवधिमा ५.५० प्रतिशत ब्याजदर कायम छ ।