काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । आज सार्वजनिक गरेको ब्याजदरअनुसार बैंकले बचत खाताको ब्याजदर घटाएको छ ।
बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ देखि ६ महिनाका लागि ४प्रतिशत, ६ महिनादेखि १ वर्षका लागि ५ प्रतिशत, १ देखि २ वर्षका लागि ५,५० प्रतिशत र २ वर्षदेखि माथिका लागि ६.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
संस्थागतमा ६ महिनादेखि १ वर्षका लागि ४ प्रतिशत, १ देखि २ वर्ष अवधिका लागि ४=५०५ र २ वषदेखि माथिको अवधिका लागि ५.२५प्रतिशत ब्याजदर कायम गरेको छ । साउन महिनामा पनि निक्षेपतर्फ यही ब्याजदर थियो ।
प्रतिक्रिया