प्रभु बैंकद्वारा शेयरधनीलाई नगद लाभांश लिन अनुरोध

प्रभु बैंकद्वारा शेयरधनीलाई नगद लाभांश लिन अनुरोध


काठमाडौं – प्रभु बैंकले आफ्ना शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ । बैंकले सूचना प्रकाशित गर्दै शेयरधनीलाई भुक्तानी लिन आउन अनुरोध गरेको हो ।

बैंकले साबिक सेञ्चुरी कमर्सियल बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सको नगद लाभांश लिन अनुरोध गरेको हो ।

हाल माथि उल्लेखित बैंक तथा वित्तीय संस्था प्रभु बैंकमा गाभिएका छन् । बैंकले नगद लाभांश संकलन गर्न आवश्यक कागजपत्रसहित काठमाडौंस्थित शेयर रजिस्ट्रार प्रभु क्यापिटलमा सम्पर्क गर्न अनुरोध गरेको छ ।