काठमाडौं – विदेशमा अध्ययन गर्न थाने नेपाली विद्यार्थीले आफ्नो निवेदन, राहदानीको प्रतिलिपि, नो अब्जेक्सन लेटर, सम्बन्धित शैक्षिक संस्थाको पत्र लगायत सम्बन्धित कागजपत्र संलग्न गरी शैक्षिक संस्थालाई भुक्तानी गर्नुपर्ने विदेशी मुद्रामा भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ ।
विदेश अध्ययन गर्न जान नेपाली विद्यार्थीले निर्वाह खर्च बापत सपोटिङ डकुमेन्टको आधारमा सटही सुविधा प्राप्त गर्न सक्दछन् भने सपोटिङ डकुमेन्टमा निर्वाह खर्च नखुलेको अवस्थामा सटही सुविधा प्राप्त गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।
जसमा बङ्गलादेश, पाकिस्तानमा २५ सय ,चीन, मलेसिया, थाइल्याण्ड, फिलिपिन्स ४ हजार, सिङ्गापुर, दक्षिण कोरिया ६ हजार, क्यानडा, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, युरोप महादेश ८ हजार अमेरिकी डलर सहटहीकाे सुविधा छ । साथै, अन्य देशहरू ५ हजार अमेरिकी डलरकाे सटहीकाे व्यवस्था छ । केन्द्रीय बैंकले मंगलबार वित्तीय चेतनाको लागि सन्देश जारी गर्दे सो विषयमा जानकारी दिएको हो ।
प्रतिक्रिया