काठमाडौं– सानिमा बैंकका ग्राहकहरुलाई बुद्ध एयरले विशेष छुटको व्यवस्था गरेको छ । नयाँ सम्झौता अनुसार बैंकका ग्राहकले बुद्ध एयरको सेवा लिने क्रममा डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गर्दा ८ प्रतिशत छुट पाउने छन् ।
छुटका लागि ग्राहकहरूले बुद्ध एयरको कार्यालय वा एयरपोर्टको काउन्टरबाट भुक्तानी गर्नुपर्नेछ ।
बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटिएम सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया