काठमाडौं – सन नेपाल लाइफ कम्पनीले गत वर्ष ५७ करोड ४९ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष कम्पनीले ७८ करोड २५ लाख ५५ हजार रुपैयाँ नाफा गरेको थियो । जुन २६।५३ प्रतिशतले बढी हो ।
गत वर्ष कम्पनीको जीवन बीमा कोषको आकार ३२.६१ प्रतिशतले बढेर ७ अर्ब ५० करोड १० लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ५ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकारमा उल्लेख्य वृद्धि गरेको छ ।
त्यस्तै, कम्पनीको जगेडा कोषमा ५० करोड २० लाख २६ हजार रुपैयाँ संचिति रहेको छ । कम्पनीको शेयर प्रिमियम खातामा १ अर्ब २६ करोड ७६ लाख ८० हजार रुपैयाँ छ ।
प्रतिक्रिया