काठमाडौं – गत आर्थिक वर्ष २०८०/८१ मा हाल सञ्चालनमा रहेका राष्ट्रियस्तरका आठ विकास बैंकहरुले ५ अर्ब ५५ करोड ६८ लाख ७३ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९.३९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकहरुले ५ अर्ब ७ करोड ९७ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन थिए ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा पहिलाे नम्बरमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले यसअवधिमा १ अर्ब २७ करोड ९१ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब २४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यसअवधिमा सांग्रिला डेभलपमेन्ट बैंकले नाफा ९२.४७ प्रतिशतले बढाएर ५२ करोड ४ लाख रुपैयाँ पुर्याएकाे छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंककाे नाफा २७ करोड ४ लाख रुपैयाँ रहेको थियो । लुम्बिनी विकास बैंकको २१.३२ प्रतिशतले बढेर ६० करोड ३७ लाख रुपैयाँ ,कामना सेवा विकास बैंकको नाफा ६६.९३ प्रतिशतले बढेर ६० करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
यसैगरी समिक्षा अवधिमा महालक्ष्मी विकास बैंकले ४७ करोड १ लाख, शाइन रेसुङ्गा डभेलपमेन्ट बैंकले ६९ करोड ७४ लाख रुपैयाँ , गरिमा विकास बैंकले १ अर्ब १३ करोड रुपैयाँ , ज्याेति विकास बैंकले २४ करोड ६५ लाख रुपैयाँ नाफा कमाएका छन् ।
प्रतिक्रिया