आइतबार सार्वजनिक बिदा, बैंक तथा वित्तीय संस्था बन्द रहने

आइतबार सार्वजनिक बिदा, बैंक तथा वित्तीय संस्था बन्द रहने


काठमाडौं – आगामी आइतबार (साउन २० गते) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ। आइतबार मच्छिन्द्रनाथ भोटो देखाउने जात्रा भएकाले उपत्यकामा सार्वजनिक बिदा हुने भएको हो ।

मच्छिन्द्रनाथ भोटो देखाउने दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गर्छ। उपत्यकामा सार्वजनिक बिदा भएकाले आइतबार शेयर बजार, बीमा, बैंक तथा वित्तीय सस्थाका साथै अन्य सार्वजनिक निकाय बन्द रहनेछन्।