नेपाल एसबिआई बैंकद्वारा कालिका भगवती मन्दिरलाई आर्थिक सहयोग


काठमाडाैं – नेपाल एसबिआई बैंक लिमिटेडले बाग्लुङ नगरपालिका स्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरुको सहजताका लागी आर्थिक सहयोग गरेको छ ।

कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको बैंकले जनाएको छ । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ ।