काठमाडौं – हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये बनेपा शाखा–२ लाई स्थानान्तरण गरेकाे छ । बैंकले उक्त शाखा साविक स्थानबाट करिब ६.२ किलोमिटर दक्षिणतर्फ पनौती – ७ स्थित पनौती बसपार्कमा सारेकाे हाे ।
बैंकले काभ्रेबाट आइतबारदेखि नयाँ शाखाका रूपमा पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्के,उच्चपदस्थ कर्मचारी साथै अन्य अतिथिको उपिस्थतिमा गरेका हुन्।
हिमालयन बैंकले हाल नेपालभर फैलिएका १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, २६४ एटीएम ६५ सयभन्दा बढी एइक् त्भचmष्लबकि र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रबाट ग्राहकलाई सेवा दिँदै आइरहेको छ ।
प्रतिक्रिया