काठमाडौं – १७ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई खराब सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १७ निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण मागेकाे हाे । कार्यालयले ३० दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको जनाएको छ ।
तोकिएको समयभित्र लिखित स्पष्टीकरण नआएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने अनुगमन कार्यालयले जानकारी दिएको छ। पहिलो पटक ३० दिने सूचना जारी गर्दा स्पष्टीकरण नदिएपछि ती कम्पनीहरूलाई खराब सूचीमा राख्ने प्रक्रिया अघि बढाइएको हो।
कार्यालयले विभिन्न सार्वजनिक निकायबाट खराब सूचीमा राख्नका लागि सिफारिसमा परेका कम्पनीहरूलाई खराब सूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको हो।




About Us
प्रतिक्रिया