काठमाडौं – सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ । बुधवार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको काठमाडौं मेडिकल कलेजले जनाएको छ ।
पाइलट शाक्यको आँखाको अप्रेसन गरिएको छ भने हाल उनी बोल्न सक्ने अवस्थामा छन् । विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ। विमानमा सवार १९ मध्ये पाइलट शाक्यको मात्र सकुशल उद्धार भएको थियो ।
प्रतिक्रिया