काठमाडौं – एनआईसी एशिया क्यापिटलले गत आर्थिक वर्ष २०८०/०८१ मा आफ्नो समग्र व्यवसायमा उत्साहजन वृद्धि गरेकाे छ । चुक्ता पूँजी २० करोड रहेको क्यापिटलले समीक्षा आथिक वर्षमा १२ करोड १० लाख भन्दा बढी खुद मुनाफा आर्जन गरेको हो ।
चुक्ता पूँजी रु .२० करोड रहेको यस एनआईसी एशिया क्यापिटलले समीक्ष आथिक वर्षमा रु.१२ करोड १० लाख भन्दा बढी खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी रु.६०.५० कायम गर्न सफल भएको छ। जुन गत् वर्षको तुलनामा १६.१२ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म क्यापिटलले देहाय बमोजिमको व्यवसाय गर्न सफल भएको छ।
आषाढ मसान्त, २०८१ को अन्त्यसम्म क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ६ वटा योजनाहरु संचालन गरिरहेको छ। संचालनमा आएको पहिलो वर्ष देखि नै नगद प्रतिफल वितरण गर्न सफल “एनआईसी एशिया ग्रोथ फण्ड” ले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत, चौंथो वर्ष १३ प्रतिशत र पाँचौं वर्ष १०.५० प्रतिशत गरी हालसम्म ७५.५० प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ ।
“एनआईसी एशिया ब्यालेन्सड् फण्ड” ले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत, तेश्रो वर्ष १३ प्रतिशत र चौंथो वर्ष १० प्रतिशत गरी हालसम्म ६१ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ । पहिलो खुलामुखी योजना “एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड” संचालनमा आएको पहिलो वर्षमा १० प्रतिशत, दोश्रो वर्ष ६ प्रतिशत र तेश्रो वर्ष १० प्रतिशत गरी हालसम्म २६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।
उक्त लाभांश वितरण पश्चात् तथा धितोपत्रको दोश्रो बजार तल्लो बिन्दुमा हुँदा समेत आषाढ मसान्त, २०८१ मा क्यापिटलबाट संचालित योजनाहरु “एन आई सी एशिया ग्रोथ फण्ड” को खुद सम्पत्ति मूल्य रु. ११.४७, “एनआईसी एशिया ब्यालेन्सड् फण्ड” को खुद सम्पत्ति मूल्य रु.११ पहिलो खुलामुखी योजना “एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड” को खुद सम्पत्ति मूल्य रु. ११.०९, तेश्रो बन्दमुखी योजना “एनआईसी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड)” को खुद सम्पत्ति मूल्य रु.११.४६, चौथो बन्दमुखी योजनाको “एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड”को ११.३४ र पाँचौं बन्दमुखी योजना एन आई सी एशिया ग्रोथ फण्ड–२ को खुद सम्पत्ति मुल्य रु.१०.०७ कायम गरेकाे छ।



About Us
प्रतिक्रिया