जहाजका क्याप्टेन शाक्य उपचाररत, १३ जनाको शव निकालियो   

जहाजका क्याप्टेन शाक्य उपचाररत, १३ जनाको शव निकालियो   


काठमाडौं – दुर्घटनामा परेको सौर्य जहाजका क्याप्टेन मणि शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ। शाक्यलाई केएमसी अस्पताल पठाइएको हो । साथै, जहजबाट १३ जनाको शव बाहिर निकालिएको छ । 

 सौर्य एयरको जहाज प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको हो । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ । साैर्यक एयरका प्रबन्धक मुकेश खनालकाअनुसार जहाज सी चेकका लागि पोखरा लैजान लागिएको थियो ।

जहाजले ग्राउन्ड छाडिसकेपछि नियन्त्रणबाहिर गएको थियो । अहिले दुर्घटनग्रस्त जहाजको उद्धार कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली खटिइसकेको छ ।