सुनको मूल्य ११ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – बुधवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा एघार सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुन एक लाख ४७ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि  तोलामा १५ रुपैयाँले बढेको छ। मूल्य बढेसँगै चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ।