काठमाडौं – गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४० अर्ब रुपैयाँको व्यापार घाटा भएको छ । विभागकाे तथ्यांकअनुसार गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा नेपाललाई झण्डै साढे १४ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा ०.९६ प्रतिशतले घटेको छ।विभागले सार्वजनिक गरेकाे तथ्यांकमा गत आर्थिक वर्ष आयात र निर्यात दुवै घटेको छ।
आयात १.१६ र निर्यात ३.०३ प्रतिशतले घटेको देखिन्छ। १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात १ खर्ब ५२ अर्ब ३८ करोडमा सीमित भएको विभागको तथ्यांकमा उल्लेख छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नेपालबाट १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको थियो । यस्तै सो अवधिमा नेपालमा १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको आयात भएको थियो ।



About Us
प्रतिक्रिया