साताको सुन कारोबार : तेजाबी सुनमा ९ सय, छापावाल सुनमा ८ सयको मूल्य वृद्धि


काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको थियो। यो साता ६ दिन कारोबार हुँदा सोमबार, मंगलबार र बुधबार क्रमशः मूल्य बढ्दै नयाँ रेकर्ड कायम राख्यो। बुधबारसम्म बढेको सुनको मूल्य बिहीबार सामान्य अंकले घट्दै शुक्रबार २ हजार रुपैयाँले घट्यो। 

यो साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा कारोबार भएको थियो। साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार भने २ सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको थियो। त्यसदिन छापावाल सुन प्रतितोला एक लाख ४६ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। 

साताको दोस्रो कारोबारको दिन २ सय रुपैयाँले बढेको सुनको मूल्य साताको तेस्रो कारोबारको दिन मंगलबार ९ सय रुपैयाँले बढेको थियो। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यो साता सुनको मूल्यले नयाँ उचाइ छुने क्रम जारी नै रहिरह्यो। मंगलबार ९ सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यले बुधबार २ हजार रुपैयाँले बढ्दै अर्को रेकर्ड राख्यो । त्यसदिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

साताको पाँचौँ कारोबारको दिन बिहीबार सुनको मूल्य ३ सय रुपैयाँले घटेको थियो । सोमबार, मंगलबार र बुधबार गरी लगातार तीन दिन नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य  बिहीबार भने सामान्य घटेको थियाे। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार ३ सय रुपैयाँले घटेको सुनको मूल्य साताको अन्तिम कारोबारको दिन शुक्रबार २ हजार रुपैयाँले घट्यो।  शुक्रबार छापावाला सुन  प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यो साता छापावाल सुनमा समग्रमा ८ सय रुपैयाँको वृद्धि देखियो। साताको पहिलो कारोबारको दिन आइतबार १ लाख ४६ हजार ७ सय रुपैयाँ रहेको छापावालको सुनको मूल्य साताको अन्तिम कारोबारको दिन शुक्रबारसम्म आइपुग्दा बढेर १ लाख ४७ हजार ५ सय रुपैयाँ पुग्यो। यसैगरी, साताको पहिलो कारोबारको दिन एक लाख ४६ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन साताको अन्तिम कारोबारको दिन शुक्रबार १ लाख ४६ हजार ९ सय रुपैयाँ पुग्यो। यो साता तेजाबी सुनको मूल्य समग्रमा ९ सय रुपैयाँले बढ्यो ।