काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आज शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितबारे छलफल भएको थियो ।
भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



About Us
प्रतिक्रिया