काठमाडौं – गणपति लघुवित्त वित्तीय संस्थाका तीन जना पूर्वकर्मचारीहरूले आर्थिक हिनामिना गरेको खुलासा भएको छ। कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गर्दै आर्थिक सिनामिना गर्ने ३ जना पूर्वकर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो।
कम्पनीले पूर्वकर्मचारी दिपक कुमार यादव, दुर्गा प्रसाद पण्डित र देव कुमार मगरलाई सम्पर्कमा आउन ३५ दिने अल्टिमेटम दिएको छ । उनीहरु तीनै जनाले संस्थामा कार्यरत हुँदा आर्थिक हिनामिना गरेको लघुवित्तले जनाएको छ ।
प्रतिक्रिया