आईपीओ निष्कासन गर्दै मादमे खोला हाइड्रोपावर


काठमाडौं – मादमे खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित साउन १७ गते विशेष साधारणसभा बोलाएको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पेस गर्ने एजेन्डा रहेको छ ।