काठमाडौं – मंगलबार सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पूर्वसचिव र पूर्वमहालेखापरीक्षकसँग छलफल गरेको छ। समितिले पूर्वमहालेखापरीक्षक तथा पूर्वरजिस्ट्रार टंकमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्धय गोपीनाथ मैनाली र डा. दामोदर रेग्मीसँग छलफल गरेको हो।
सहकारी ऐनको निर्माण, नियमनको प्रबन्ध, सहकारी संकट, विभिन्न संरचना स्थापनालगायतको कानुनी एवं व्यावहारिक अभ्यास र अनुभव बुझ्न छलफल गरिएको समितिले जानकारी दिएकाे छ।



About Us
प्रतिक्रिया