मंगलबार कतिमा हुँदैछ सुनको कारोबार ?


काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज प्रतितोला ९ सय रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। १० रुपैयाँले मूल्य घटेसँगै चाँदी प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ।