काठमाडौं – नेपालमा मोटुल लुब्रिकेन्ट बिक्री–वितरण सुरु गरेको ६ महिनामै आइएमई इलेक्ट्रिक, ‘मोटुल इन्डिया एलिट क्लब’ मा समावेश भएको छ। नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आइएमई इलेक्ट्रिकले गत डिसेम्बर २०२३ देखि नेपालमा मोटुल लुब्रिकेन्टको बिक्री–वितरण प्रारम्भ गरेको थियो। छोटो समयमै उत्कृष्ट बजार हिस्सा लिन सफल भए पछि आईएमई इलेक्ट्रिकले अन्तर्राष्ट्रिय स्तरको प्रशंसा प्राप्त गरेको हो।
विश्वव्यापी रूपमा ‘सिन्थेटिक लुब्रिकेन्टको विशेषज्ञ’ को पहिचान कायम गरेको मोटुल फ्रेन्च कम्पनी हो, जसले पर्फमेन्स प्रोडक्टको उत्पादन र बजारीकरणका लागि विशेषज्ञता हासिल गरेको छ। विगत १५० वर्ष भन्दा लामो समय देखि मोटुल क्वालिटी, इनोभेसन र रेसिङका लागि पर्यायवाची बनेको छ । मोटुल कमर्सियल भेइकल, कार, मोटरसाइकल, थ्री ह्विलर, ट्रयाक्टर र इन्डष्ट्रियल सेक्टरका लागि हाई–पर्फमेन्स लुब्रिकेन्ट उपलब्ध गराउने कार्यमा विशेषज्ञ मानिन्छ।
मोटुल इन्डियाले हालै चेक रिपब्लिकको प्रागमा एलिट क्लब कन्फ्रेन्स सम्पन्न गरेको हो । सो कन्फ्रेन्समा भारत, नेपाल, बङ्गलादेश र श्रीलङ्काका टप पर्फमेन्स गरेका डिस्ट्रिब्युटर सहभागी थिए । सो अवसरमा नेपाली बजारमा उल्लेखनीय उपलब्धि हासिल गरे बापत मोटुल इन्डियाको सो प्रतिष्ठित एलिट क्लबमा आईएमई इलेक्ट्रिक समेत अन्य सहभागीका साथ संलग्न रहेको थियो । उल्लेख्य बिक्री बढाए बापत डिष्ट्रिब्युटर तथा डिलरलाई मान्यता प्रदान गर्न सो कन्फ्रेन्स आयोजना गरिएको थियो । आईएमई इलेक्ट्रिकले गरिरहेको द्रुत विकास र यसले नेपालमा लुब्रिकेन्ट बजारमा पारेको प्रभावलाई सो मान्यताले पुष्टि गरेको छ।
आईएमई मोटर्स तथा आईएमई इलेक्ट्रिकका सीईओ हेमन्त पुराणिकले मोटुल इन्डियाको प्रतिष्ठित एलिट क्लबमा समावेश भई सम्मानित हुन सकेकोमा खुसी व्यक्त गरे । सीईओ पुराणिकले भने, सो मान्यता आईएमई इलेक्ट्रिकको सम्पूर्ण टिमले गरेको कठिन कार्य, समर्पण र असाधारण कार्य प्रगतिको परिणाम हो । यस्ता प्रतिष्ठित साथीहरूका बिचमा सम्मानित हुन पाउनु नै एक महत्त्वपूर्ण उपलब्धि हो र यो सम्मानले हाम्रो उद्योगमा गरिएको उत्कृष्टता र नवीनताप्रतिको प्रतिबद्धतालाई अझै सुदृढ बनाउँछ । म यस मान्यताका लागि मोटुललाई हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु। आगामी दिनमा हाम्रो यो सफल साझेदारी निरन्तर रहने र अझै ठुला उपलब्धिका लागि साथै मिलेर काम गर्न तत्पर रहने छु।
आईएमई इलेक्ट्रिकले नेपाली लुब्रिकेन्ट बजारमा मार्केट लिडर बन्ने क्रमलाई तीव्रता दिइरहेको र यसका लागि मोटुलको रणनीतिक साझेदारी तथा ग्राहक सन्तुष्टिका लागि गरिएको कार्यलाई समेत सीईओ हेमन्त पुराणिकले धन्यवाद व्यक्त गरे। गुणस्तरीयता र नवीनताका लागि कम्पनीले गरेको समर्पणबाट ग्राहक र उद्योग क्षेत्रमा कार्यरत सबैलाई फाइदा पुगेको पनि उनले उल्लेख गरे ।



About Us
प्रतिक्रिया