बिहीबार प्रतितोला सुन कतिमा कारोबार हुँदैछ ?


काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४४ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । मूल्य बढेसँगै चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।