काठमाडौं – सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनी साउन ४ गतेदेखि एफपीओ ल्याउने भएको हो।
साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्योदय वोमी संस्थाको कुल चुक्तापुँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँ कायम भएको छ। जसमा संस्थापक सेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेको छ। एफपीओ जारी गर्दै सर्वसाधारणतर्फको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन लागिएको हो।
१०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ संस्थाले बिक्री खुला गर्नेछ। जसबाट कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँ संस्थाले उठाउने छ।






About Us
प्रतिक्रिया