रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ निष्कासन प्रक्रिया तत्कालका लागि रोकिने 

रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ निष्कासन प्रक्रिया तत्कालका लागि रोकिने 


काठमाडौं –  रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ तत्कालको लागि रोकिने भएको छ। आज  बसेको  नियमन विभाग नेपाल धितोपत्र बोर्डको विभागिय बैंठकले कम्पनीकाे आइपीओ तत्कालका लागि रोक्ने निर्णय गरेको हो।

कम्पनीलाई आइपीओ निष्कासन अनुमति दिँदा घोटाला भएको विषयमा संघीय संसदको सार्वजनिक लेखा समितिमा प्रश्न उठेपछि बोर्ड आइपीओ प्रक्रिया रोक्ने निर्णयमा पुगेको हो।