आशा लघुवित्तको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा


काठमाडौं – आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। संस्थाले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको २ लाख ३८ हजार ७ सय ५८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो।

कम्पनीले बुधबार एक सूचना जारी गरी संस्थापक शेयरधनीहरू नेपाल इन्भेष्टमेण्ट प्रालिको २ लाख २३ हजार १ सय ७२ कित्ता, प्रभु ग्रुप प्रालिको ११ हजार ४ सय २९ कित्ता र तारा कुमारी भट्टचनको ४ हजार १ सय ५७ कित्ता गरी २ लाख ३८ हजार ७ सय ५८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको जानकारी दिएकाे छ।

बिक्रीमा राखिएको शेयरको प्रतिकित्ता न्यूनतम मूलय २९९ रुपैयाँ तोकिएको छ। यो शेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा कम्पनीले ७ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–१३, साँगास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।