काठमाडौं – सरकारले नियमित रुपमा खर्च पाउने अन्तिम दिन अर्थात् सोमबार एकैदिन ३३ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालय (मलेनिका) ले बाट प्राप्त सोमबारसम्मको सरकारी खर्चको विवरणले साे रकम बराबरकाे खर्च भएकाे हाे।
सोमबार १४ अर्ब ४० करोड १३ लाख रुपैयाँ पुँजीगत खर्च भएको मलेनिकाको तथ्यांकमा उल्लेख छ। यो दिन सरकारले नौ अर्ब ८५ करोड २५ लाख रुपैयाँ चालु खर्च गरेको छ। वित्तीय व्यवस्था तर्फपनि नौ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ भएको छ ।
सरकारले गत आइतबार पनि एकैदिन २४ अर्ब २७ करोड ३८ लाख रुपैयाँ खर्च गरेको थियो। त्यसमा चालु खर्च आठ अर्ब पाँच करोड ५१ लाख रुपैयाँ रहेको थियो। यसैगरी पुँजीगत खर्च तीन अर्ब ७० करोड ७४ लाख रुपैयाँ रहेको थियो।
वित्तीय व्यवस्था तर्फ भने १२ अर्ब ५१ करोड १३ लाख रुर्पयाँ खर्च भएको महालेखा नियन्त्रणको तथ्यांकमा उल्लेख छ । सरकारले नियमित रुपमा गर्न पाउने दिन सोमबार नै अन्तिम दिन थियो ।



About Us
प्रतिक्रिया