मातृभूमि लघुवित्तको एकीकृत कारोबार असार २७ गतेबाट

मातृभूमि लघुवित्तको एकीकृत कारोबार असार २७ गतेबाट


काठमाडौं – मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेबाट एकीकृत कारोबार शुरू गर्ने भएको छ। किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेबाट एकीकृत कारोबार शुरू गर्न लागेको हो।

गत चैत ९ गते दुवै संस्थाको छुट्टाछुट्टै बसेको पाँचौं वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो। नेपाल राष्ट्र बैंकले भने यही जेठ २९ गते गाभ्ने गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो।

संस्थाको केन्द्रीय कार्यालय लम्कीचुहा, कैलाली र कर्पोरेट कार्यालय बूढानीलकण्ठ काठमाडौंमा रहनेछ। एकीकृत कारोबारका लागि डेटा माइग्रेसन प्रयोजनका लागि असार २६ गते दुवै संस्थाले कारोबार बन्द गर्ने भएका छन्।