काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीले आफुसँग भएको लगानीयोग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफुसँग भएको बैंक मौज्दात लगानी नीति अनुसार नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त राष्ट्रिय स्तरका बैंक तथा वित्तीय संस्था र नेपाल पूर्वाधार बैंकमार्फत लिन इच्छुक प्रस्तावित मुद्दती निक्षेप, ब्याजदर र भुक्तानीको तरिकासमेत उल्लेख गरी पाँच दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको हो । शिलबन्दी दरभाउपत्रमा मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदरसमेत खुलाउन पर्नेछ ।






About Us
प्रतिक्रिया