सम्पदा लघुवित्तले ३० गतेबाट एकीकृत कारोबार गर्ने

सम्पदा लघुवित्तले ३० गतेबाट एकीकृत कारोबार गर्ने


काठमाडौं – साधना र सबैको लघुवित्त मिलेर बनेको सम्पदा लघुवित्त वित्तीय संस्थाले असार ३० गतेदेखि कारोबार सुरु गर्ने भएको छ । यी दुई लघुवित्तले आगामी असार ३० गतेदेखि सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन्। नेपाल राष्ट्र बैंकले सम्पदा लघुवित्त वित्तीय संस्थालाई अनुमति दिएको हो।

मर्जरपश्चात् लघुवित्तको चुक्ता पुँजी ७० करोड रुपैयाँ हुनेछ। एकीकृत काराेबार सुरू भएसँगै लघुवित्तमा कृष्ण बहादुर थापा सञ्चालक समिति अध्यक्ष र केशब कुमार पौडेल प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नेछन्।

एकीकृत कारोबार प्रयोजनका लागि डाटा माईग्रेशन गर्नुपर्ने भएकाले असार २९ गते एक दिनका लागि दुवै संस्थाबाट प्रदान हुँदै आएको सम्पूर्ण सेवा बन्द रहने संस्थाले जनाएका छन्। साधना र सबैको लघुवित्तबीच वि.सं २०८० भदौमा एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो भने गत बैशाख १२ गते अन्तिम सम्झौता भएको थियो।

दुबै संस्था समान सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपछि लघुवित्तको केन्द्रीय कार्यालय चितवनमा रहनेछ।