काठमाडौं – नवीन कर्जा सुरक्षण कार्यक्रमहरुमार्फत लघुउद्यमीहरुको प्रबर्धन गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषले लघुवित्त संस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
शुक्रबार आयोतिज कार्यक्रममा लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृतलगायतका उच्च व्यवस्थापकहरु सहभागी थिए । उनीहरुलाई कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले सुरक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आफूहरु कटिबद्ध रहेको बताए।
उनले वित्तीय संस्थाहरुको सुझाव तथा सहयोग सधैं कोषका लागि अपरिहार्य रहने भन्दै कोषमा निक्षेप तथा कर्जाको सुरक्षण गरी जोखिम कम गर्न सुझाव दिएका थिए ।
कोषका सहायक प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरुले कोषका कार्यक्रम र योजनाहरुबारे जानकारी गराउँदै निक्षेप तथा कर्जा सुरक्षणको महत्वबारे बताएका थिए । उनीहरुले कोषले सञ्चालन गरेका नयाँ तथा पूराना कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।
छलफलमा सहभागीहरुले कोषले आधुनिक प्रबिधि अबलम्बन गरी क्षतिपूर्ति दाबी भुक्तानीलाई सरलीकृत तथा छिटो बनाउनुपर्ने र मृत्यु दाबीको हकमा कोषको कर्जा सुरक्षण नियमावलीमा संशोधन गरेरै भए पनि क्षतिपूर्तिलाई व्यवहारिक बनाउन सुझाव दिएका थिए । कोषले आफ्नो क्षमता अभिबृद्धि गर्दै सुरक्षण कार्यक्रमहरु प्रभावकारी बनाउन आवश्यक रहेको उनीहरुको भनाइ छ ।






About Us
प्रतिक्रिया